ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रिीमा

सोमबार, असार २, २०८२
Global Ime Bank


काठमाण्डौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । यो शेयर खरिदकालागि आज देखि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवदेन दिन पाउने छन् । तर, बैंकले बिक्रीमा राखेको शेयर संख्या भने खुलाएको छैन । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले काठमाण्डौंको कमलपोखरी स्थीत बैंकको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको शेयर सङ्ख्या उल्लेखगरी सुचना प्रकाशीत भएको मितीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र शेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार