सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितिको बैठकले २ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल/मट्टितेलमा लिटरको १४५ पर्ने निगमले विज्ञप्तिमार्फत् जनाएको छ ।