सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ । यस्तै, आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ भने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । आजको बैठकमा अर्थमन्त्री पौडेलले विनियोजन विधेयक, २०८२ लाई प्रस्तुत गर्ने छन् । यसैगरी अर्थमन्त्री पौडेलले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति मागी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।