जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

आइतबार, असार १, २०८२
शारदा नगरपालिकाको विज्ञपान
Global Ime Bank

 

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा भक्तपुर र काभ्रेवाट १७ जना पक्राउ परेका छन् । भक्तपुरको सुर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा रामप्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।  उता, काभ्रेको पनौती नगरपालिका–५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिबकुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजिब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार