सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वमन्त्री पार्वत गुरुङले नेपालमा बजेट माग्ने अनि टेन्डर आब्हान हुने तर काम नहुने खालको विकासको मोडल रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित वृत्तचित्र भिडियो ‘जिरी एड्भेन्चर ट्र्याक’ को ग्रान्ड प्रिमियरमा उनले नेपालको विकास गर्ने तरिका नै राम्रो नभएको भन्दै यसलाई गम्भीर भएर हेर्नुपर्ने बताए । उनले भने, ‘बाटो बनाउन सुरुवात गर्न बजेट माग्ने काम हुन्छ । त्यसको टेन्डर आब्हान हुन्छ । तर ठेकेदारले काम गर्दैन् । नेपालको विकास गर्ने तरिका नै गलत छ । उपभोक्ता समिति बनायो त्यसले तलमाथि गर्छ, ठेकेदारले काम गर्दैन्, विकासको मोडल यस्तै यस्तैछ । यस विषयलाई हामीले गम्भीर भएर हेर्नैपर्छ ।’ यस्तै, उनले अब दोलखा जिल्लाको पर्यटन गन्तव्यका रुपमा के के हुनसक्छन् त्यसमा ध्यान दिएर अगाडि बढ्नुपर्ने पनि बताए । सोही कार्यक्रममा नेपाली काङग्रेसका नेता अजयबाबु सिवाकोटीले जिरि केवल भौगोलिक दृष्टिले मात्र नभइ सांस्कृतिक पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण रहेको बताएका छन् । उनले भने, ‘जिरि दोलखाको गौरव हो । इतिहासले सगरमाथा पदमार्गको प्रवेशद्वार बनाएको यो ठाँउ केवल भौगोलिक दृष्टिले मात्र होइन् सांस्कृतिक र पर्यावरणीय दृष्टिले पवपूर्ण छ ।