सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ । बैठक सुरु हुनेवित्तिकै रास्वपा र राप्रपाले उठेर नाराबाजी गरी बिरोध गरिरहेका छन् । नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारवाही अगाडि बढाएका हुन् । सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो । घिमिरे बोल्न सुरु गर्ने वित्तिकै रास्वपाका सांसदले रोष्टम अगाडि पुगेर नाराबाजी गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दे रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आइरहेका छन् ।