०८४ को चुनावका लागि दलहरूकै अआफ्नै डम्फू 

माओवादीले बहुमत नल्याए देश संकटमा फस्ने नारायणकाजी श्रेष्ठको भनाई

शनिबार, जेठ ३१, २०८२
शारदा नगरपालिकाको विज्ञपान
Global Ime Bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले ०८४ मा बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन् ।  शनिबार काठमाडौंमा आयोजित दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामकै कारणले अहिले माओवादीप्रति आकर्षण बढेको सुनाए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कांग्रेस र एमालेलाई भ्रष्ट तत्वको संज्ञा दिए ।  श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए/नभएको बारेमा समीक्षा हुनुपर्ने बताएका छन् ।   उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुई बुँदे सम्झौता भएपछि संसद् खुलेको बताए । उनले त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेकाले पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र अध्यक्षले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्ने बताए । उनले भने, ‘देशलाई संकटबाट मुक्त गराउन हाम्रो पार्टीको नेतृत्व आवश्यक छ । ०८४ को चुनाव आउँदैछ । देश बर्बाद भयो भन्ने अनि माओवादीलाई बहुमतको सरकार बनाउने ठाउँमा पुर्‍याउन सकेन भने देश झन् संटकमा फस्छ,’ उनले अगाडि भने,‘भ्रष्टहरूलाई खबरदारी गर्न हामीले जनताकहाँ गएर अभियान चलाएका छौँ । जनतासँग बसेर खबरदार गरेका छौं । आफूलाई नसच्याए अर्को ठूलो जनआन्दोलनको सामना गर्न र त्यसको परिणाम भोग्न तयार रहनू भनेर चेतावनी पनि दिइरहेका छौँ ।’ संसद खुलाउन भएको दुई बुँदे सहमतिका बारेमा विभिन्न प्रतिक्रियाहरु आइरहेकाले त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट गरेर निष्कर्षमा पुग्ने बताए । उनले हाल आफ्नो पार्टीले लिएको मुद्दा नछाड्ने र भ्रष्टाचार विरुद्धको अभियान जारी राख्ने प्रतिक्रिया दिए । 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार