सरकार प्रतिफल दिनसक्ने खालका आयोजनाको खोजीमा : मन्त्री दाहाल

शनिबार, जेठ ३१, २०८२
शारदा नगरपालिकाको विज्ञपान
Global Ime Bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रतिफल पनि दिन सक्ने खालको आयोजनाको खोजी भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘दोलालघाट–चर्नावती सुरुङ्ग मार्ग निर्माण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रतिफल आउने खालको सडक आयोजनाको अध्ययन मन्त्रालयले गरिरहेको बताएका हुन् ।  उनले भने,‘आयोजनाहरु अगाडि बढाउँदा जनताको घनावस्ती भएको ठाउँ धेरै जनतालाई प्रभाव पार्ने ठाउँलाई प्राथमिकता दिन्छौं । यस्ता आयोजनाहरुको पनि खोजी गरिरहेको छौं । जुन आयोजनाले प्रतिफल पनि दिन सकोस् । ३०–४० वर्ष लाग्न सक्छ । त्यसको रिटर्न त आउनुपर्यो नि । प्रतिफल आउने खालको आयोजना सडकमा हुन्छ भने त्यसको अध्ययन पनि हामीले गरिरहेको छौं ।’  त्यस्तै उनले दोलालघाट चर्नावती सुरुङ्ग मार्ग निर्माणको विषयमा विभिन्न समस्या र  चुनौतीहरु देखिएको भन्दै त्यसलाई पार गर्दै अगाडि बढ्नुपर्ने बताए । चर्नावती सुरुङ्ग मार्ग निर्माण दोलखाली जनताहरुको साझा अवधारणा बनेको भन्दै उनले  खुसी व्यक्त गरे ।  उनले भने,‘दोलालघाट चर्नावती सुरुङ्ग मार्ग निर्माणको विषयमा भएका समस्याहरु चुनौतीहरुलाई पार गर्दै अगाडि बढ्नुपर्छ । अब राजनीतिलाई विकाससँग पनि जोड्नुपर्छ भनेको थियौं । त्यसको सुरुवात भएको जस्तो महशुस भएको छ । सुरुङ्ग मार्ग निर्माण दोलखाली जनताहरुको साझा अवधारणा बनेकोमा खुसी लागेको छ,’उनले भने । मन्त्री दाहालले अन्य विकासित देशहरुमा जनताको चासोले नै विकास सम्भव भएको भन्दै विकास निर्माणमा गहिरो चासो जनताले राख्यो भने देश छिटै अगाडि बढ्न सक्ने धारणा राखे ।  उनले देशमा केही भएको छैन् भन्ने गलत भाष्य निर्माण भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको पनि बताए । 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार