इरान र इजरायलबीच रातभर तनाव, आक्रमण रोक्न राष्ट्रसंघको आह्वान 

शनिबार, जेठ ३१, २०८२
Global Ime Bank
मयुर प्लाई

तेहरान । इरान र इजरायलले शुक्रबार रातभरि एकअर्कालाई आक्रमण गरेका छन् । इजरायलले इरानको राजधानी तेहरान आसपास भीषण हमला गरेपछि इरानले पनि इजरायलको राजधानी तेल अभिभ र जेरूसलेममा हवाइ हमला गरेको हो ।  । शुक्रबार साँझ इजरायली सेनाले इरानबाट इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्ट गरेपछि जेरुसेलमभरि हवाई आक्रमणको साइरन बजेको थियो ।  प्रक्षेपण पछि, मध्य र उत्तरी इजरायलका ठूला क्षेत्रहरूमा साइरनहरू सक्रिय भएका थिए । र खसेका प्रक्षेपणहरूबाट हुने विस्फोटहरू सुनिएको आइडीएफले जनाएको छ । बिहीबार राति इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एयर–डिफेन्स सिस्टम, आणविक भट्टी र वरिष्ठ अधिकारीहरूमाथि एकैपटक आक्रमण गरेको थियो । त्यसपछि इरानले पनि इजरायलमाथि जबाफी हमला गरेको हो । त्यो क्रम शुक्रबार पनि जारी रह्यो । यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ अपिल गरेका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार