उपेन्द्र यादवले उदघाटन गरे नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन 

शनिबार, जेठ ३१, २०८२
शारदा नगरपालिकाको विज्ञपान
Global Ime Bank

ललितपुर । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठन ‘नेवाः राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन’ शनिबार बिहानैदेखि भब्य रुपले सुरु भएको छ ।  आज ललितपुरको गोदावरीमा आयोजित कार्यक्रमको प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिवेशनको उदघाटन गरेका छन ।  गोदावरी नगरपालिका–१४, स्थित ठैबको ता—फल्चाको प्राङ्गणमा बिहान  ८ बजेदेखि नेवार समुदायको स्थानीय पहिरन र संस्कृति झल्किने गरि र्याली निकालिएको थियो ।  जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र केन्द्रीय उपाध्यक्ष बिधुत बज्राचार्यको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेतृत्वसहित काठमाडौं उपत्यकाका स्थानीय नेवार समुदायको बाक्लो उपस्थिति रहेको छ ।

Photo-(13)-(2)-1749894417.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार