ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयद्धारा ज्येष्ठ नागरिक–एकल महिलालाई धार्मिक यात्रासहित निःशुल्क स्वास्थ्य शिविर (भिडियो)

शुक्रबार, जेठ ३०, २०८२
Global Ime Bank
मयुर प्लाई

लेले (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयले आज ज्येष्ठ नागरिक र एकल महिलाहरूका लागि अनुभव आदान प्रदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ । चालु आ.व. २०८१/०८२ को स्वीकृति वडा स्तरीय बजेटबाट वडा कार्यालयले वडाका ज्येष्ठ नागरिक–एकल महिलालाई ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ लेलेमा रहेको मनकामना मन्दिरको धार्मिक भ्रमणसहित बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । प्रिसिसन डाइनोस्टिक थसिखेल तथा स्वास्तिक अस्पतालसँगको सहकार्यमा वडा कार्यालयले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।  शिविरमा स्वास्तिक अस्पतालका विशेषज्ञा चिकित्सकहरूले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँचा गरेका थिए भने प्रिसिसन डाइग्नोस्टिकका प्राविधिकले रगत परीक्षणका नमूना संकलन गरेका थिए । रक्तचाप, युरिक एसिड, थाइराइडलगायतका रोग पहिचानका लागि रगत परीक्षणका लागि नमूना संकलन गरिएको छ ।  वडा नं. १४ का वडाअध्यक्ष अमृत जंग महतको सभापतित्वमा शिविर आयोजना भएको स्थल लेले भ्यू इन होम स्टेमा आयोजित ज्येष्ठ नागरिक र एकल महिलाहरूका लागि अनुभव आदान प्रदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष मिलन सिलवाल, ललितपुर महानगरपालिका कार्यपालिका सदस्य सानुकाजी तोलाङगे, वडासदस्यहरू सहनशीला कार्की, संगीता अछामी, सनत कार्की, वडाका सल्लाहकार प्रह्लाद महतसहित ज्येष्ठ नागरिक एकल महिलाहरूको उपस्थिति रहेको थियो ।  कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष मिलन सिलवालले लपुमनपा १४ नं वडाका वडाअध्यक्ष अमृत जंग महतलाई जयलकुमारीको तस्बिर अंकित मायाको चिनो प्रदान गर्नु भएको थियो । वडा सचिव सुलोचना लुइँटेलले सञ्चालन गरेको कार्यक्रममा सभापतिको आसनबाट बोल्दै वडाअध्यक्ष अमृत जंग महतले वडा कार्यालयले वर्षेनी ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि कार्यक्रम गर्दै आएको बताउँदै आगामी वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मिलर सिलवालले गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाबीच सुमुधुर सम्बन्ध रहेको जनाउँदै ललितपुरका धेरै पोखरी तथा तलाउँमा लेलेकै पानी लगेर हराभरा बनाउन लागिएको बताउनुभयो ।  कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै वडा सदस्य सनत कार्कीले स्वास्थ्य शिविरका लाभ लिन आह्वान गर्नुभयो । 
कार्यक्रममा वडा सदस्य सहनशीला कार्कीले ज्येष्ठ नागरिक तथा एकल महिलाहरूको साथ र सहयोगबाट नै यो कार्यक्रम सफल भएको बताउँदै ज्येष्ठ नागरिकहरुको दीर्घायूको कामना गर्नुभयो । 
कार्यक्रममा वडा सदस्य संगीता अछामीले धार्मिक भ्रमण तथा स्वास्थ्य शिविरमा सबै आएर वडा कार्यालयको कार्यक्रम सफल पारी दिनुभएको भन्दै धन्यावद दिनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक (पुरुष तथा महिला) एवम् एकल महिलाका तर्फबाट वडाअध्यक्ष महतको निर्वाचित जनप्रतिनिधिको टोलीले वडामा राम्रा कामको थालनी गरेको भन्दै प्रशंसा गरेका थिए ।  

lele-.Still001-1749829653.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  २२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार