रास्वपाप्रति गृहमन्त्रीको प्रहार, ‘नक्कली पीडित खडा गर्ने काम बन्द गर्नुहोस्’

शुक्रबार, जेठ ३०, २०८२
Global Ime Bank

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जालसाँजी गर्ने काम गरेको आरोप लगाएका छन् ।  शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टी कार्यालयमा नक्कली पीडितहरूलाई बोलाएर जाहेरी लेखेर दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालसाँजी गरेर नक्कली पीडित खडा गर्नेहरू पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए । 
उनले भने,‘केही पार्टी कार्यालयहरूमा नक्कली पीडितहरूलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरू लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेको छ । कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ । यस्ता जालछाँट र अमर्यादित काम गरेर आफ्नो राजनीति अभिष्ट पूरा गर्ने काममा नलाग्न म आग्रह गर्दछु । यस्ता अपमानजनक र जालसाँजी गरेर नक्कली पीडित खडा गर्नेहरू पत्ता लगाएर कारबाही गरिने छ ।’
त्यस्तै उनले रास्वपा  सम्भावना बोकेको पार्टी भएको भन्दै यस्ता जालसाँजीमा नलागी सचेत रहन सुझाव दिए । रास्वपाका सांसदहरूले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग जोडेर अहिले आफूलाई त्यसको प्रतिशोध लिने काममा लागि परेको समेत बताए ।  ‘जालसाँजी गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरू बन्दैछन्  । यसमा  तपाईहरू सचेत हुनुहोस् । किनभने तपाइँहरू सम्भावना बोकेको पार्टी हुनुहुन्छ । हिजो मैंले श्रममन्त्री हुँदा बैदेशिक रोजगार ऐन बनाएर चारवटा देशसँग श्रम सम्झौता गरेको सम्झना गर्नुहोस् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले तत्कालीन गृहमन्त्रीज्यूलाई जोडेर मलाई अहिले त्यसको प्रतिशोध लिने काममा लाग्नुभएको छ’, उनले भने

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार