पराष्ट्रमन्त्रीमाथि रास्वपा सांसद खनालको प्रश्नै प्रश्न 

शुक्रबार, जेठ ३०, २०८२
Global Ime Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपालको मानव तस्करी बिषयमा अमेरिकाले चासो व्यक्त गरिनुलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । रास्वपा सांसद खनालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा अमेरिकाको विदेश मन्त्रालयले मानव तस्करमा चाहिँ नेपालका नेताहरु सांसदहरू र राजनीतिक नेतृत्वहरू समेत जोडिएको प्रतिवेदनमा उल्लेख गरिनु गम्भीर विषय भएको बताए । 
बैठकमा सांसद खनालले भनेका छन्, ‘सरकार बनाउन अत्यन्त महत्वपूर्ण भूमिका खेल्नुभएकी माननीय मन्त्रीज्यूलाई मेरो प्रश्न ः सगरमाथा संवाद त  गर्‍यो त्यसको उपलब्धि के प्राप्त गर्‍यौं ? 
‘अमेरिकाको विदेश मन्त्रालयले नै मानव तस्करमा चाहिँ नेपालका नेताहरु सांसदहरू र राजनीतिक नेतृत्वहरू समेत जोडिएको छ। त्यसको कारणले नेपाललाई  वाच लिस्टमा राखिएको छ भनेर २०२४ को प्रतिवेदनमा भनेको छ । मानव तस्कर जस्तो संवेदनशिल विषयमा अर्को देशको सरकारले गम्भीरता पुर्वक उठाएको विषयलाई कसरी हेर्ने र  राजनीतिक नेतृत्व नै सहभागी छ भनिरहँदा यसमा स्वतन्त्र छानबिन हुनुपर्ने कि नपर्ने  ? हाम्रो अन्तर्राष्ट्रिय मानमर्यादाको विषय उठीरहँदा नेपाल सरकारले यस विषयलाइ कतिको गम्भीरतापूर्वक हेरिरहेको छ’ बैठकमा उनले प्रश्न उठाएका छन् ।   

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार