सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा दुइ बुँदे सहमति भएपछि संसद सुरू भएपछि गृहमन्त्री रमेश लेखकले बोल्दै गर्दा रास्वपा र राप्रपाले संसदमा राजिनामा माग्दै नाराबाजी गरेका हुन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर बिरोध जनाएका थिए । यसअघि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाको सांसद मनिष झाले बोलेपछि गृहमन्त्री लेखकले आफ्नो धारणा राख्न रोष्ट्रम गएका थिए । सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद ण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर बिरोध जनाएका थिए । भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग उनीहरूको रहेको छ ।