प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै

शुक्रबार, जेठ ३०, २०८२
Global Ime Bank

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध कायम राखेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए । यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ । उक्त समझदारी राप्रपा र रास्वपाले मानेका छैनन् । यसैबीच शुक्रबार अपराह्न सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले अवरोध गरे । अवरोधकैबीच माओवादीका सांसद हितराज पाण्डेलाई बोल्नको लागि समय दिइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार