संसद् अवरोध हटाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच २ बुँदे सहमति

शुक्रबार, जेठ ३०, २०८२
Global Ime Bank

काठमाडौं । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ । शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिपछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने जानकारी गराए । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समितिलगायत ५ बुँदे प्रस्तावमा रास्वपाले भने अडान जारी राखेको छ । उक्त दुई बुँदे सहमतिमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले असहमति जनाएका छन् । तर प्रचण्डले रास्वपालाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार