इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो : आफ्नो सुरक्षामा विशेष ध्यान दिनू

शुक्रबार, जेठ ३०, २०८२
Global Ime Bank

इजरायलको तेलअविवस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सुरक्षा प्रोटोकलबारे जानकार रहन र पालना गर्न आग्रह गरेको छ। दूतावासले आज शुक्रबार एक सूचना जारी गर्दै आफ्नो सुरक्षामा विशेष ध्यान दिन भनेको हो। 'यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै ईजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएकाले नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई ईजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन, उक्त प्रोटोकलहरू पालना गर्न  र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ' दूतावासको सूचनामा उल्लेख गरेको छ। इरान र इजरायलबीच दोहोरो आक्रमण जारी छ। इजरायलले गएराति इरानमाथि आक्रमण गरेको छ। अहिले इरानले पनि जवाफका लागि ड्रोन आक्रमण सुरु गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इजरायलले ‘अपरेसन राइजिङ लायन’नामक सैन्य अभियान सञ्चालन गरेपछि इरानको इस्लामिक रिभोल्युसनरी गार्डका कमान्डर–इन–चिफ जनरल हुसेन सलामी र इरानका सर्वोच्च तहका सैन्य अधिकारी मेजर जनरल मोहम्मद बागेरी पनि मारिएका छन्।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार