परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?

शुक्रबार, जेठ ३०, २०८२
Global Ime Bank

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कति नेपालीले विदेशी नागरिकता लिए भन्ने तथ्याङ्क माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्री आरजु राणासँग यस्तो विवरण माग गरेका हुन् । ‘कति नेपालीले विदेशको नागरिकता लिए ? यसको रेकर्ड परराष्ट्र मन्त्रालयमा हुनुपर्छ’ साहले सोधे, ‘नेपालको नागरिकता कसले छोडिरहेको छ र कसले लिइरहेको छ यसको रेकर्ड के छ ? यो जान्न चाहन्छु ।’ साहले विदेशमा नेपाली ठगिरहेको भनेर पनि परराष्ट्रमन्त्री राणाको ध्यानाकर्षण गरे । ‘विदेशमा नेपाली श्रमिकहरू छन् । उनीहरूले आफ्नो हक पाउनुपर्छ’ उनले भने, ‘खाडी मुलुकमा घरेलु कामदार सम्बन्धी कानुन छ कि छैन ? मानव जस्तो व्यवहार हुने वातावरण भएको ठाउँमा मात्रै कामदार जान सक्दछन् । यस निम्ति परराष्ट्र मन्त्रीको रुपमा के पहल गर्दै हुनुहुन्छ ?’

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार