सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघको नेपाल मोबिलिटि संवादको सिरिज सुरु भएको छ । बुधबार काठमाडौंमा कार्यक्रमको आयोजनागरी मोबिलिटि संवादको सिरिज सुरु गरिएको हो । संवाद कार्यक्रममा बोल्दै संघकी अध्यक्ष रितु सिंह वैद्यले नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्नुपर्ने बताएकी छन् । मोबिलिटि संवाद कार्यक्रममा उनले जनता र उपभोक्ताको आवाज सरकारसम्म पुर्याउनको लागि यो संवादको आयोजना गरेको भन्दै नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्नुपर्ने बताईन् । उनले भनिन्, ‘नेपाल मोबिलिटि संवादको सिरिज आज सुरु गरेका छौ । यसको मुख्य उद्देश्य के हो भने हाम्रो अटोमोबिल एशोसिएशनका सदस्य, उपभोक्त र सरकार एउटा संयुक्त नीति बनाउ र एकताबद्ध आवाज ल्याउ र यो सिरिज मार्फत जनता र हाम्रो उपभोक्ताको आवाज सरकारसम्म पुर्याउन सकौ भनेर संवाद सुरु गरेका छौ । नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले अलिकति सहजीकरण गर्ने हो भने राम्रो हुन्छ ।’ यस्तै, उनले आफ्नो नीति र एजेण्डा स्थापना गर्नको लागि एउटा संस्था आवश्यक भएर नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ स्थापना गरेको पनि बताईन् । साथै, उनले इभिको कर नबढाएर सहज भएको भन्दै सरकारलाई धन्यवाद पनि दिएकी छन् ।