नेप्से दोहोरो अंकले घट्दा करिब १० अर्बको कारोबार

बुधबार, जेठ २८, २०८२

 

बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से १३.६९ अंकले घटेर दुई हजार ६ सय ६४.४७ बिन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१५ प्रतिशतले घटेको छ। आज ३०७ कम्पनीका दुई करोड २० लाख ७५ हजार कित्ता सेयर खरिद बिक्री हुँदा नौ अर्ब ९० करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन नेप्से २५ अंकले बढ्दा नौ अर्ब ५४ करोड रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको थियो। आज जलविद्युत समूहको सूचक १.१३ प्रतिशतले बढ्दा बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ। वित्त, होटल तथा पर्यटन, लगानी र अन्य समूह एक प्रतिशतले घट्दा बाँकी समूह एक प्रतिशतभन्दा थोरैले घटेका हुन्। बजार घटे पनि आज पिअर इनर्जी, सिनर्जी पावर विकास र बुटवल पावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरैले कमाएका छन्। सर्वाधिक घट्नेमा भने सप्तकोसी विकास कम्पनी परेको छ। यस कम्पनीका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरै गुमाएका छन्।
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार