रसुवा-नुवाकोटको ग्रामीण सडकहरूमा समस्य

मंगलबार, असार २२, २०७८

रसुवा । यस्तै निरन्तरको भारी वर्षाले रसुवा तथा नुवाकोटको तिरतिरे भिर खण्डका राजमागर्मा अवरोध हुने गरेको छ । रसुवाको मूलखर्क, ब्रावलभिर, धुञ्चेको त्रिशूली खोला, भार्खुडिल, सानोभार्खु, स्याफ्रुको भोटेकोशी पुल नजीक याङयाङ खोला क्षेत्र, लिङलिङ, कलाङकुलुङ, तातोपानी लगायतका क्षेत्र बढी जोखिम भएकाले पानी परेको बेला सवारी साधन गुडाउँदा पूर्वसावधानी अपनाउन चालक दलका सदस्यलाई आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ । हिमाली क्षेत्र गहिरो खोँचमा सडक मार्ग भएका कारण सुरक्षित स्थानमा मात्र पार्किङ गर्न सवारी चालकलाई आग्रह गरिएको छ । ठूलोपानी आउँनासाथ स्याफ्रु–रसुवागढी खण्डको १६ किलोमिटर र स्याफ्रुबेँसीको भोटेकोशी नजीक याङयाङ खोला आसपास क्षेत्रमा भने बढी समस्या आउने गरेका कारण सडक सतहमा आउने हिलो र अवरुद्व भएका स्थानमा डोजरको सहायताले अवरोध हटाई सवारी साधन पार गराउने गरिएको बताइन्छ । रासस
 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १३:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असार २२, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असार २२, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असार २२, २०७८