सरकारको ढुकुटीमा ३६० अर्ब नगद मौज्दात, कुल खर्च साढे ११ खर्ब  

विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि
बुधबार, जेठ २८, २०८२
Global Ime Bank

काठमाडौं । चालु आर्थिक वर्ष दश महिनामा सरकारका विभिन्न खातामा ३ खर्ब ६० अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । गत असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रहेको थियो ।  कुल खर्ब साढे ११ खर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वतर्मान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  महालेखानियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–८२ को दश महिनामा नेपाल सरकारको कुल खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ७३ अर्ब २३ करोड, पुँजीगत खर्च एक खर्ब २० अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब ६४ अर्ब २९ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुलराजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ९ खर्ब २२ अर्ब ४३ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व ८ खर्ब २८ अर्ब ९४ करोड र गैर कर राजस्व ९३ अर्ब ४९ करोड परिचालन भएको छ ।  समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च एक खर्ब १७ करोड र स्रोत परिचालन एक खर्ब ६१ अर्ब ७७ करोड रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु।१२३ अर्ब १५ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३८ अर्ब ६२ करोड रहेको छ । 

यस्तो छ वित्तीय स्थिति 

राष्ट्र बैंकका अनुसार यस अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । आयात १३.१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले बढेको छ ।  नेपाल सरकारको खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड र राजस्व परिचालन  नौं  खर्ब २२ अर्ब ४३ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६।६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.२ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.४ प्रतिशत रहेको छ ।

विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि
वैदेशीक रोजगारीबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) को मात्रा १३.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको चालू आर्थिक वर्ष (आव) २०८१/८२ को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विप्रषणमा वृद्धि भएको देखिएको हो । राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार चालू आवको १० महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएर रु १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । चालु आवको वैशाखमा ६५ अर्ब ३० करोड विप्रेषणबाट भित्रिएको छ । अघिल्लो वर्षको वैशाखमा विप्रेषण आप्रवाह रु १ खर्ब १५ अर्ब ९९ करोड़ रहेको थियो । विप्रेषणबाट गत वर्षको तुलनामा यस वर्ष करीब रु ५० अर्ब बढ़ी रकम नेपाल भित्रिएको छ । यसैगरी, समीक्षा अवधिमा (चालू आवको साउन देखि वैशाख सम्म) अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढ़ेर ९ अर्ब ९६ करोड़ अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढ़ेको थियो । गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या यस वर्ष ७६ हजारभन्दा बढ़ीले वृद्धि भएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि ४ लाख ५ हजार ६१० जना नेपालीले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । यसैगरी २ लाख ८० हजार ३१४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३ लाख ७३ हजार ३०७ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका थिए भने २ लाख ३६ हजार ३९८ जनाले पुनः श्रम स्वीकृति लाएका थिए ।
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार