आइफोनको सीपीयू मर्मत सम्बन्धि वल्र्डकपमा नेपालका रायमाझीले गरे प्रतिस्पर्धामा 

मंगलबार, जेठ २७, २०८२
शारदा नगरपालिकाको विज्ञपान
Global Ime Bank

काठमाडौं । आइफोनको सीपीयू मर्मत सम्बन्धि अन्तर्राष्ट्रिय प्रतियोगिता ग्लोबल कप वाइसीएस २०२५ मा सहभागी भएर फर्किएका सुमन रायमाझीलाई नेपाल मोबाइल ब्यवसायी महासंघ बागमती प्रदेश कार्यसमितिले सम्मान गरेको छ । विश्वका २५ देशबाट सहभागी भएका मोबाइल टेक्निसियनहरुले सो प्रतिस्पर्धामा भाग लिएकोमा नेपालबाट हेटौंडाका रायमाझी एक्लो सहभागिता थिए । सो प्रतिस्पर्धा मे २० देखि २२ सम्म चीनको सेन्जेनमा आयोजना गरिएको थियो भने प्रतिस्पर्धामा सहभागिताका लागि अनलाइन आवेदन मागिएको थियो ।  सो तालिममा विश्वभरका टेक्निसियनहरुका बिचमा पहिले कसले आइफोनको सिपियु तथा क्र्याक डिस्प्ले मर्मत गर्ने भन्ने प्रतिस्पर्धा चलाइएको थियो । प्रतिस्पर्धामा ब्राजिलका टेक्निसियन प्रथम भएका थिए ।  उनले ५ मिनेट ७ सेकेन्ड लगाएर आइफोनको सीपीयू मर्मत गरेका थिए । यस्तै चिनका प्रतिस्पर्धीले ५ मिनेट २४ सेकेन्ड लगाउँदै दोस्रो तथा भारतका प्रतिस्पर्धी ७ मिनेट ३५ सेकेन्ड समय लगाउँदै तेस्रो भएका थिए ।  विश्वका प्रतिस्पर्धीहरुका बिचमा पुगेर आफ्नो कौशल देखाएकाले रायमाझीलाई सम्मान गरिएको मोबाइल ब्यवसायी महासंघका बागमती प्रदेश अध्यक्ष एसिस रिजालले जानकारी दिए। रायमाझीले आइफोनको सिपियु मर्मत गर्न ११ मिनेट लगाएका थिए । उनको सम्मानमा आयोजित कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष रमेश घिमिरे लगायत सहभागी थिए । रायमाझी आफ्नै खर्चमा चीन गएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार