सञ्चार मन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा : सञ्चार सचिव 

मंगलबार, जेठ २७, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सञ्चार मन्त्रालय कार्यसम्पादनको हिसाबले जोखिम अवस्थामा रहेको बताएकी छन् ।  काठमाडौंमा मंगलबार आयोजित योग प्रशिक्षण कार्यक्रममा बोल्दै उनले केही कार्यालयहरू विगत केही वर्षदेखि कार्यसम्पादन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अहिले पनि केही कार्यालयमा त्यही अवस्था देखिएको बताएकी हुन् ।  उनले भनिन्,‘सञ्चार मन्त्रालय कार्य सम्पादनको हिसाबले पनि अलिकति जोखिम अवस्थामा नै छ । हाम्रा केही कार्यालयहरू विगत केही वर्षदेखि हरेक हिसाबले कार्यसम्पादन गर्न नसक्ने अवस्थामा पुग्यो । अहिले पनि केही कार्यालयमा त्यो खालको असर पुगेको छ ।’  उनले योगले हाम्रो जीवनमा सकारात्मक प्रभाव पर्ने र आफूलाई चिन्ने मौका प्रदान गर्ने धारणा राखिन् । मानिसले सबैलाई चिन्ने तर आफूलाई कम नै चिन्ने गरेको भन्दै आफू भित्रको सम्बन्धको लागि योग महत्वपूर्ण भएको उनले बताइन् ।  उनले भनिन्,‘योगले हाम्रो जीवनमा पार्ने सकारात्मक प्रभाव पर्ने र आफूलाई चिन्ने मौका मिल्छ । हामीले सबैलाई चिन्छौं तर आफूलाई कम नै  चिन्छौं । हाम्रो सबैसँग सम्पर्क राम्रो छ । तर आफ्नो भित्रको कनेक्टिभिटी ,त्यो सम्बन्ध जानेको छैनौं । यसमा योगको योगदान रहन्छ ।’ 
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार