देशमा अवसरहरुको सिर्जना गर्नुपर्छ : मिनेन्द्र रिजाल

मंगलबार, जेठ २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले देशमा अवसरहरूको सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट र कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा रोजगारीको समस्या भएकाले कार्यान्वयनको क्षमता विकास गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘हामीले अवसरहरू सिर्जना गर्दै जानु पर्नेछ । अहिले देशमा रोजगारीको समस्या छ । कार्यान्वयनको क्षमता विकास गर्न सक्यौं भने अगाडि जान सक्छौं । कार्यान्वयनको क्षमता विकास गर्ने कुरा सजिलो चाँही होइन । दुनियाँका प्राय सबै देशमा हरेक आयोजनाहरूमा भनेको जस्तो धेरै खर्च हुन्छ । भनेको भन्दा धेरै समय लाग्छ । भनेको भन्दा त्यसबाट कम फाइदा हुन्छ ।’  यसैगरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले रेभिन्यू ग्रोथ बढेर जानुपर्नेमा घट्दै गएको बताए । उनले राजश्व बढ्न नसकेका बेला आन्तरिक ऋण बढि लोड हुँदै गइरहेको बताए । उनले भने, ‘तीनवटा रिसोर्स लगातार घटिरहेको छ आम्दानीको स्रोतमा । जसमा  हाम्रो रेभिन्यु, जसरी ग्रोथ बढेर जानुपर्दथ्यो तर बढ्न सकेको छैन । राजश्व बढ्न सकेको छैन । अनुदान रकम पनि बढेको छैन । तेस्रो भनेको वैदेशिक ऋण हो । वैदेशिक ऋण पनि कम भएर आएको छ भने आन्तरिक ऋण बढि लोड हुँदैछ ।’
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार