गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन : गृहमन्त्री

मंगलबार, जेठ २७, २०८२
Global Ime Bank

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका छन् ।  मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एनआरएनए आफैंमा एउटा नागरिकता भएको भन्दै उनले नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका हुन् ।  ‘अंगिकृत नागरिकताको लागि सीमा तोकिएजस्तै गैर आवसीय नेपाली नागरिकताको लागि पनि सिमा तोकेर गैर आवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्नेछ भन्नुको मतलव राजनीतिक अधिकार प्राप्त गर्दैन भन्ने अर्थ मान्ने हो । तर एनआरएनए आफैमा एउटा नागरिकता हो,’ उनले भने ।  उनले गैर आवसीय नेपाली नागरिकताको बारेमा नेपाल सरकारले छुट्टै विधेयक तयार गर्न लागेको बताए ।  उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोवास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई बंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए ।  बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार