लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मंगलबार, जेठ २७, २०८२
Global Ime Bank

काठमाडौं । लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुरथिमी नगरपालिका(६ चपाचो बस्ने ४४ वर्षीय श्याम कुस्लेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८० जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा ६ महिना कैद सजाय र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुरथिमी नगरपालिका–६ चपाचोबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार