माधव नेपाल र विप्लवसँग एकताको छलफल हुँदैछ : प्रचण्ड

मंगलबार, जेठ २७, २०८२
Global Ime Bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल र विप्लवसँग पार्टी एकताको छलफल चलिरहेको बताएका छन् । मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग एकताको छलफल चलिरहेको बताएका हुन् । ‘केही दिन अघि दुईवटा पार्टीसँग एकता समायोजन पनि भयो । अहिले अरु पार्टीसँग पनि एकताको निम्ति छलपल चलेको छ,’ प्रचण्डले भनेका छन्, ‘विप्लव र माधव नेपालले नेतृत्व गरेको पार्टीसँग पनि हाम्रो मोर्चा त बनेकै छ । पार्टी एकताबारे पनि छलफल चलिरहेको छ ।’ प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको र अभियानका क्रममा माओवादीको पक्षमा जनमत बढ्दै गएको देखिएको पनि जिकिर गरे । ‘देशैभर एकचोटी माओवादी केन्द्रको पक्षमा माहोल बन्दै गएको छ । यो परिस्थितिमा पार्टी केन्द्रले पनि अझै राम्रोसँग जनतासँग जोडिने भनेर हामीले विशेष योजना अन्तर्गत नै अभियान चलेको छ,’ प्रचण्डले भनेका छन् । उनले हुलाकी राजमार्ग केन्द्रीत अभियानकै क्रममा पनि ८/१० हजार मान्छे पार्टी प्रवेश गरेको दाबी गरे । ‘हुलाकी मार्गमा मात्रै ८/१० हजार मान्छे पार्टी प्रवेश गरेको रेकर्ड देखियो । यो माओवादीप्रति देखिएको सकारात्मक भाव हो,’ प्रचण्डले भनेका छन् । प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरि ध्रुविककरणको कार्यलाई प्राथमिकतामा राखिएको जिकिर पनि गरे ।

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार