मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

मंगलबार, जेठ २७, २०८२
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ । आगामी आ.व.को मौद्रिक नीति जारी गर्ने तयारी स्वरुप राष्ट्र बैंकले सोमबार सावर्जनिक सूचना जारी गर्दै विभिन्न सरोकारवाला निकायहरूसँग राय–सुझाव माग गरेको हो । सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र आफ्नो राय–सुझाव राष्ट्र बैंकलाई पठाउन सक्नेछन् । सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई–मेलमार्फत पठाउन सक्नेछन् । राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार नयाँ आ.व. सुरु भएको १५ दिनभित्र मौद्रिक नीति जारी गर्नुपर्छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार