सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले मुर्खहरूले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने बताएका छन् । संघीय संसद भवन बाहिर सोमबार सञ्चारकर्मीहरूसँग बोल्दै उनले मुर्खहरूले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने गरेको बताएका हुन् । मुर्खहरूको बाहुल्यता भएको ठाँउमा आफ्नो भनाइको कुनै अर्थ नहुने भन्दै उनले रातो किताब ठूला ठूला र करोडौं लगानी भएको योजनाहरू काटेर कार्यकर्ताको अनुहार हेरेर बजेट राखिएको बताए । उनले भने, ‘सरकारी पैसालाई आफ्नो पार्टी र भातृ संस्थाको लागि प्रयोग गर्यौं भने दुरुपयोग हुन्छ । एउटा नेताले मुलुक र जनता हेरेर काम गर्छ । मुर्खले आफ्नो भोटर हेरेर काम गर्छ र मुर्खहरूको बाहुल्यता भएको ठाँउमा मेरो भनाइको के अर्थ हुन्छ । रातो किताब आएपछि थाहा हुन्छ । ठूला–ठूला र करोडौं लगानी भएको योजनाहरू काटिएका छन् । कार्यकर्ता हेरेर बजेट राखिएको छ ।’ यस्तै, उनले सदन बन्द गर्ने ठाँउ नभएको भन्दै नारा जुलुस गर्ने ठाँउ बाहिर भएको बताए ।