प्रतिनिधिसभा बैठक बुधवार १ः०० बजेसम्म स्थगित

सोमबार, जेठ २६, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ।अब बैठक बुधवार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको हो । सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अबरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले हो होल्ला गरे पछि बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए । यस बिचमा पनि सहमति हुन नसके पछि बुधवार १ः०० बजेसम्मका लागि स्थगित गरिएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् । प्रतिनिधिसभा बैठक गत जेठ १३ गते देखी निरन्तर अबरोध भइरहेको  छ।
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार