महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

सोमबार, जेठ २६, २०८२
Global Ime Bank

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आज (सोमबार) देखि संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरूका लागि आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको जानकारी दिएको हो । शेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र लगानीकर्ताले दरबारमाार्ग स्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ । जुनसुकै व्यक्ति तथा कम्पनीले यो शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको पनि बैंकले सूचनामार्फत् जानकारी गराएको छ । यद्यपी बैंकले कति कित्ता शेयर बिक्री गर्न लागेको हो त्यसको संख्या भने खुलाएको छैन ।
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार