राष्ट्रिय सभाको बैठक बस्दै

सोमबार, जेठ २६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘जलस्रोत विधेयक, २०८१’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।  यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  (पानीजहाज सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार