जनमत पार्टी निकट ‘प्रेस जनमत संघ’को अध्यक्षमा झा 

आइतबार, जेठ २५, २०८२
Global Ime Bank

काठमाडौं । डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीले आफू निकट पत्रकारहरूलाई संगठित गर्दै अवधेशकुमार झा को नेतृत्वमा ‘प्रेस जनमत संघ’ गठन गरेको छ ।  आइतबार बसेको पार्टी सचिवालय बैठकको निर्णयानुसार सप्तरीका अवधेशकुमार झाको नेतत्वमा ‘प्रेस जनमत संघ’ तदर्थ समितिको घोषणा गरेको हो ।
प्रेस जनमत संघ जनमत पार्टीको शुभेच्छुक संगठनको रुपमा रहनेछ । साथै संघको जिल्ला र प्रादेशिक समितिहरु पनि क्रमशः गठन गरिने जनाइएको छ ।  जनमत पार्टीको केन्द्रीय सचिवालयको निर्णय अनुसार संघीयता, लोकतन्त्र र गणतन्त्रमा आस्था राख्ने पत्रकारहरु सम्मिलित प्रेस जनमत संघको २१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको हो ।
नवगठित प्रेस संघमा रामनारायण विश्वास सहअध्यक्ष चयन भएका छन् भने ललनकुमार मण्डल सचिवमा चुनिएका छन् ।
यस्तो समिति 
१. श्री अवधेशकुमार झा : अध्यक्ष 
२.श्री रामनारायण विश्वास : सहअध्यक्ष
३. श्री ललनकुमार मण्डल : सचिव
४. श्री जितेन्द्र खड्गा : केन्द्रीय सदस्य
५. श्री मनोज मरबैता : केन्द्रीय सदस्य
६. श्री बिजयकुमार साह : केन्द्रीय सदस्य
७. श्री सुमित मिश्र : केन्द्रीय सदस्य
 ८. श्री अनिल पाण्डे : केन्द्रीय सदस्य
 ९. श्री केशव लुइँटेल : केन्द्रीय सदस्य
१०. श्री शम्भु पण्डित : केन्द्रीय सदस्य
 ११. श्री शेख मोजिबुल्लाह : केन्द्रीय सदस्य
१२. श्री मुना ठाकुर : केन्द्रीय सदस्य
१३. श्री संजय यादव : केन्द्रीय सदस्य
१४. श्री श्यामल कुमार गिरी : केन्द्रीय सदस्य
१५. बिजेन्द्रकुमार चौधरी : केन्द्रीय सदस्य
१६. श्री विरेन्द्रकुमार साह : केन्द्रीय सदस्य
१७. श्री चन्दन रजक : केन्द्रीय सदस्य
१८. श्री चन्दन रौनियार : केन्द्रीय सदस्य
 १९. श्री भोगेन्द्र साह : केन्द्रीय सदस्य

Photo-(50)-1749379494.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार