एमालेमा दास बनाउने प्रवृति बढयोः कर्णबहादुर थापा

आइतबार, जेठ २५, २०८२

काठमाडौं । नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहदैँ आएका भनिएका नेता थापाले घुमाउरो पारामा त्यसको संकेत गरेका हुन् । नेपालको राजनीतिक इतिहासमा भीमशेन थापा र जंग बहादुर राणा जति शक्तिशाली मानिस कोही थिएनन र छैनन भन्दै उनले लेखेका छन, ‘यी दुबै व्यक्तिको मृत्युु बारे समेत इतिहासकारका अलग अलग धारणा रहेका छन ।’ उनले अगाडी लेखेका छन, ‘सत्ताको भक्तिमा गित गाउनेहरू हिजो पनि थिए । आज पनि छन । सत्ताका सबै शक्तिलाई पराजित गरेर लोकतान्त्रिक व्यवस्था स्थापना भएको हो । आफ्नो स्वार्थका लागि  विबेकशुन्य हुनेहरूले अरू विबेकशिलहरूलाई आफ्नो पंक्तिमा उभिएन भनेर तथानाम नगरेको राम्रो हुन्छ।’ ‘भक्तिभाव गरेर जीवन चलाउनु, पद खानु तर स्वाभिमानी मानिसहरूलाई दास बनाउन बल गरेर समय खेर नफाल्नु । सबै विबेकशिल र स्वाभिमानी मानिसहरूको तर्फबाट शालिन निवेदन गर्दछु’ उनले भने । उनी हालै पुर्व राष्ट्रपति बिधादेवी भण्डारीसँग चीनको औपचारिक भ्रमणमा सँगै गएर फर्केका थिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार