सोसल मिडिया
Contact Us
युनिकोड
झरुवाराशी (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले वडा भित्रका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी लागू पदार्थ दुब्र्यशनी तथा बालविवाह सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा श्रीकृष्ण मावि, पद्यम प्रकाश मावि तथा जुगल स्कुलका विद्यार्थीहरू सहभागी थिए । महानगर २३ नं. वडा कार्यालयको आ.व. २०८१/०८२ को वडा स्तरीय बजेटबाट बालबालिकाहरू (कक्षा ७ र ८ मा अध्ययनरत स्थायी बसोबास गर्ने विद्यार्थी) लाई लक्षित गरी ‘लागू पदार्थ दुब्र्यसनी तथा बालविवाह सचेतना कार्यक्रम’ सम्पन्न भएको हो । ललितपुरको झरुवाराशीस्थित पूर्ण म्युजियम रिसोर्टमा आयोजित कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका करिब ८० जना बालबालिकाकाको सहभागिता रहेको थियो । वडाकी सामाजिक परिचालक सावित्रा गौतम सञ्चालक रहेको उक्त कार्यक्रम वडासदस्य मधु श्रेष्ठ सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वडासदस्य राजन मल्ल ठकुरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने वडा सचिव हुमनाथ पौडेल वडाका अन्य कर्मचारी, वडाका युवालाई परिचालन गर्ने नवीन महर्जनसहितको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीसहित प्रमुख अतिथिलाई स्वागत गर्दै वडा सदस्य राजन मल्ल ठकुरीले लागूपदार्थ दुव्र्यसनी तथा बालविवाहले पार्न सक्ने असरका बारेमा जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै दुब्र्यसनबाट टाढा रहेकाहरूले जीवनमा उन्नति गरेको बताउनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीका तर्फबाट मन्तव्य राख्दै श्रीकृष्ण माविका छात्रा विनिता मगरले वडा कार्यालयले दुव्र्यसन तथा बालविवाहका बारेमा आफूहरूलाई सचेत गराउन कार्यक्रम राखेकोमा धन्यवाद दिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष जीवन महर्जनले ७ र ८ कक्षमा अध्ययनरत विद्यार्थी भाईबहिनीहरूलाई लागू पदार्थको दुब्र्यसनी तथा बालविवाहको जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै लागू पदार्थको सेवनले जीवन वर्वाद हुने कुरामा सवै सचेत हुनुपर्ने बताउनुभयो । समाजलाई जे जति योगदान दिनु पर्ने हो लागू पदार्थको दुव्र्यसनमा फसेका मानिसले त्यो सेवा दिन नसक्ने भन्दै उहाँले बेलैमा यस्ता गतिविधिबाट टाडा रहनु पर्नेमा जोड दिनुभयो । उहाँले उपत्यकासहित सहरी क्षेत्रमा बालविवाह नहुने भएपनि ग्रामीण भेगमा अहिले पनि बालविवाह हुने गरेको उल्लेख गर्दै वालविवाह हुनुमा अभिभावकहरू चेतनशील नहुँनु प्रमुख कारण रहेको बताउनुभयो । कार्यक्रमकी सभापति वडा सदस्य मधु श्रेष्ठसिंह ठकुरीले लागू पदार्थ नलिँदा मात्रै सम्पत्ति कमाउन सकिने, पठन पाठन राम्रो गर्न सकिने बताउँदै जुन व्यक्ति यो बाटा टाढा रहन्छ त्यहि व्यक्तिकै जीवनमा वसन्त छाउने बताउनुभयो । पलेस्वाँ नेपालका राजन महर्जनले कार्यक्रमका सहभागी विद्यार्थीहरूलाई बाल अधिकार, बाल विवाह तथा दुव्र्यसनीका विविध पक्षबारे प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा विद्यार्थीहरूबीच म्युजिकल चेयर्स तथा चकलेट दौड प्रतियोगिता पनि गरिएको थियो । ती दुवै प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई वडाअध्यक्ष जीवन महर्जनले पुरस्कार प्रदान गर्नु भएको थियो ।