सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका, सोरु र खत्याड गाउँपालिका र युएसएआईडीको आर्थिक साझेदारीमा १४ वटा खानेपानी आयोजना संचालितमा थिए । हिमाली ग्रामीण युवा समाज बिकास केन्द्र (हिरिसडेकए) नेपालको प्राविधिक सहयोगमा संचालित ति आयोजनाहरु हाल संकटमा परेका छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ‘युएसआइडी’ अन्तर्गतका ति योजनाहरु अलपत्र अवस्थामा पुगेका हुन् । तर छायाँनाथ रारा नगरपालिकाले आफनो क्षेत्र भित्रका त्यस्ता आयोजना पुनः निर्माण गर्ने निर्णय गरेको छ । छायाँनाथ रारा नगरपालिकाको कार्यपालिकाको बैठकले हालै गरेको निर्णय अनुसार युएसएआइडी र नगरपालिकाको आर्थिक साझेदारीमा संचालित नगरपालिका भित्रका ६ वटा खानेपानी आयोजनालाई निरन्तरता दिने निर्णय भएको हो । छायाँनाथ रारा नगरपालिकामा ६ खत्याड गाउँपालिमा ६ र सोरु गाउँपालिकामा २ गरि १४ वटा आयोजना निर्माण गरी ८ सय ४२ घरधुरी र सामुदायिक संस्थामा ६ धारा खानेपानीका धारा सम्झौता अनुसार ०८१ मंसिरदेखि ०८२ असार मसान्तसम्म निर्माण गरी सुरक्षित खाने पुराउनुपर्ने थियो । आयोजना स्थलमा ३० प्रतिशत काम अगाडि बढिसकेको थियो । युएसएआईडीको ४ करोड १२ लाख २५ हजार ९ सय १८ रुपैया मध्ये १ करोड ३९ लाख ५९ हजार ८ सय ९३ रुपैया बराबरको निमार्ण सामग्री आयोजना स्थलमा ढुवानी भइसकेको थियो । नगरपालिकाकाले आफना नगरभित्रका ६ वटा आयोजनाका लागि ३८ लाख १२ हजार ५ सय ७६ खत्याड गाउँपालिकाले ४१ लाख ८६ हजार ५ सय ७७ र सोरु गाउँपालिकाले १३ लाख ४५ हजार ५ सय १४ पैसा बिनियोजित गरी निर्माण कार्य अघि बढिरहेका बेला ट्रम्प प्रशासनले युएसए आईडीका अन्य परियोजना सहित कर्णाली जलपरियोजनाको काम समेत बन्द गर्ने निर्देशनले यि आयोजनाहरु अलपत्र परेका थिए । आफनो नगरपालिका भित्रका आयोजना अलपत्र अवस्थामा रहेपछि नगरपालिकाको तर्फबाट ८३ लाख ३४ हजार ३ सय ११ रुपौया ६९ पैसा सम्बन्धित वडाको तर्फबाट ८३ लाख ३४ हजार ३ सय ११ रुपैंयाँ गरी कुल १ करोड ६६ लाख ८६ हजार २३ रुपैयाँ ३८ पैसामा ६ वटा आयोजन हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र(हिरिसडेक)को प्राबिधिक सहयोगमा पुन संचालन गर्ने भन्ने निर्णय भएका उक्त संस्थाका कार्यकारी निर्देशक शिवचन्द्र कार्कीले जानकारी दिएका हुन् । समूदाय स्तरबाट पुनः निर्माण गरी दशैं अगाडि निर्माण कार्य सम्पन्न गरी आयोजना स्थलका घरघरमा खानेपानीका धारा निर्माण सम्पन्न गरिने छायाँनाथ रारा नगरपालिकाका मेयर बिष्णु कुमार भामले बताए ।
खत्याड गाउँपालिका सक्रिय खत्याड गाउँपालिकाले पनि आफ्नो पालिकाभित्र युएसएआइडीले अलपत्र अवस्थामा छाडेका ६ वटा आयोजनालाई पालिका आफैले निर्माण कार्यलाई निरन्तरता दिने भएको छ । खत्याड गाउँपालिका र युएसएआइडीको आर्थिक साझेदारीमा हिरिसडेक नेपालको प्राविधिक सहयोगमा ६ वटा आयोजना संचालित थिए । ति आयोजनाबाट ३ सय ८५ घरधुरीका घर घरमा धारा निर्माण भई प्रत्येक घरधुरीले सुरक्षित खानेपानी उपभोग गर्न पाउने थिए । ति आयोजनाका लागि गाउँपालिकाले ४१ लाख ८६ हजार ५ सय ७७ रुपैंयाँ बिनियोजित गरेको र बाँकी रकम युएसएआइडले ब्यर्होने सम्झौता अनुसार ५० प्रतिशत निर्माण सामग्री आयोजना स्थमा पुगिसकेको थियो । आयोजनाहरु अलपत्र पर्ने देखेपछी गाउँपालिकाले आवश्यक ७० लाख रकम आउँदो बजेटमा ब्यवस्थापन गरी दशैंभित्रै ६ वटा आयोजनाका प्रत्येक घरमा एक घर एक धारा पुराउने लक्ष्य राखिएको खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए ।
आगामी बजेटमा समेटिने सोरु गाउँपालिका—८ रुमा गाउँका ८९ घरधुरीका लागि युएसएआइडी र गाउँपालिकाको साझेदारीमा एक घर एक धाराको कार्य अगाडि बढिरहेको थियो । तीन वटा आरबिटी निर्माण हुँदै मूख्य पाइपलाइनको काम सकिएको थियो । लामो समयदेखि पानीका समस्या झेल्दै आएका रुमाबासीहरु घर घरमा धाराबाट पानी उपभोग गर्न पाइने भएपछि खुशी देखिन्थे । तर निर्माण कार्य रोक्नुपर्ने निर्देशन आएपछि उपभोक्ता चिन्तित भएका थिए । उक्त आयोजना निर्माण समितिक अध्यक्ष अमृत रावल भन्छन्,‘रुमाबासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । त्यही विचमा सुरक्षित खानेपानी पुर्याउने आफनो लक्ष्य थियो । तर एक्कासी काम रोक्नु भन्ने जानकारी आएपछि काम रोकेका थियौं । तर आरबिटीहरु माटोले पुरेर पुनः प्रयोग गर्न नमिल्ने भएको हुँदा मन कटक्कै पोलेको छ ।’ तर उक्त आयोजनाहरु पनि आउँदो बजेट सभाबाट रकम ब्यवस्थापन गरी पुनः निर्माण सुरु गरिने सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।