लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

प्रहरी र गोदावरी  नगरपालिकाबीच सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान
शनिबार, जेठ २४, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत गोदावरी नगरपालिका र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त आयोजना एवम् प्रहरी वृत्त चापागाँउको सहकार्यमा बाराही हेरिटेज पार्टी प्यालेसमा लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र गोदावरी  नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो । 
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल प्रहरीले अपराध अनुसन्धान गर्ने फौजदारी अपराध अन्तर्गत लागूऔषध दुर्व्यसनको तथ्याङ्क दिन प्रतिदिन बढ्दो रुपमा रहेको वर्तमान अवस्थामा यसको नियन्त्रणका निम्ति काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाअभियानको रुपमा सञ्चालन गरेका विभिन्न कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सञ्चालनमा ल्याइएको बताए । लागूऔषध दुर्व्यसन रहित घर अभियानमा गोदावरी नगरपालिकामा गरिने पर्चा टाँस हरेक भित्तामा मात्र नभई नगरवासी हरेक नागरिकको मनमा बस्नेमा विश्वास व्यक्त गरे । 
साथै मनसुनको समय सुरु हुन लागेकाले मनसुनको समयमा हुने जन धनको क्षतीलाई न्यूनिकरणको निम्ति नेपाल प्रहरीले स्थानिय सरकार साथै अन्य सरोकारवाला निकायससंगको समन्वयमा विपत प्रतिकार्य तयारी तथा विपतको समयमा उद्वार गर्ने बताए।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बिभिन्न मुलुक हुँदै काठमाडौ उपत्यकामा आउने नजिकको नाकाको रूपमा रहेको भट्टेडाडा नाकाबाट लागूपदार्थको ओसारपसारमा बढी प्रयोगमा रहेको उल्लेख गर्दै लागूऔषध ओसारपसार, दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले प्रहरीसँग थप संवेदनशील भई सहकार्य र समन्वय गर्ने बताए ।
कार्यक्रममा गोदावरी नगरपालिकाका उप–प्रमुख मुना अधिकारी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण  अधिकारी, सुधार गृहकोको प्रतिनिधि उत्तम श्रेष्ठले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रवक्ता मिलन सिलवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । लागूऔषध दुर्व्यसनरहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।  
कार्यक्रममा लागूऔषध नियन्त्रण व्यूरो काठमाडौंका प्रहरी उपरीक्षक जनक शाही, जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशी,प्रहरी वृत्त चापागाँउका प्रमुख प्रहरी नायव उपरीक्षक यम बहादुर श्रेष्ठ, गोदावरी नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार