सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर ईदले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । शनिबार बकर ईदको शुभकामना दिदैँ उनले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाउने प्रेरणा दिने बताए । उनले भने, ‘पवित्र पर्व ईद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस् ।’