‘नेपालको शिक्षा विद्यार्थीको जीवनसँग मेल किसिमको छैन्, सुधार जरुरी’

‘शैक्षिक संस्थानहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने पहलमा छौं : अनेरास्ववियु अध्यक्षका प्रत्यासी
शुक्रबार, जेठ २३, २०८२
Global Ime Bank
मयुर प्लाई

हामीले शिक्षा दियौं तर त्यो शिक्षा विद्यार्थीको जीवनसँग मेल खाने किसिमको भएन । न त त्यो शिक्षा रोजगारमुखी बन्यो, प्रमाणपत्रहरू थन्काएर राख्नु बाहेक अरु विकल्प रहेन । अबका विश्वविद्यालयहरू सीपयुक्त हुनैपर्छ । केवल ज्ञानमूलक शिक्षा पर्याप्त छैन् ।
दीपक धामी
अध्यक्षका प्रत्यासी
अनेरास्ववियु २४औं महाधिवेशन

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु २४औं महाधिवेशनको तयारीमा जुटेको छ । जेठ २५ देखि २८ गतेसम्म काठमाडौंको कीर्तिपुरमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । नयाँ नेतृत्व हत्याउन अनेरास्ववियुको आगामी अध्यक्षका लागि म्याग्दीका प्रकाश पौडेल, डोटीका दीपक धामी, रामेछापका डा.सुजन कडरिया, सुनसरीकी आरती भट्टराई र सर्लाहीकी अञ्जना शिवाकोटीको नाम चर्चामा छ । उक्त महाधिवेशनमा १ हजार ५०० प्रतिनिधिले भाग लिने बताइएको छ । अध्यक्षका प्रत्यासी एवम अनेरास्ववियूका पूर्व केन्द्रीय सचिव दीपक धामीले नेपाल न्यूज बैंकसँग आफ्ना एजेन्डा सुनाएका छन् । शिक्षा क्षेत्रको समग्र सुधार, संगठनको सुदृढीकरण तथा विद्यार्थी अधिकारको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै अगाडि बढ्ने उनले सुनाए । धामीले शिक्षा प्रणालीमा व्यापक परिवर्तन आवश्यक रहेको स्पष्ट पारेका छन् । धामीले शिक्षामा व्याप्त अराजकता, वेथिति, असमानता र विद्यार्थीमाथि भइरहेको अन्यायको अन्त्यका लागि सशक्त र स्वच्छ नेतृत्व अपरिहार्य रहेको बताएका छन् । उनले भने, ‘हामीले शिक्षा दियौं, तर त्यो शिक्षा विद्यार्थीको जीवनसँग मेल खाने भएन । न त त्यो शिक्षा रोजगारमुखी बन्यो । प्रमाणपत्रहरू थन्काएर राख्नु बाहेक अरु विकल्प रहेन । अबका विश्वविद्यालयहरू सीपयुक्त हुनैपर्छ, केवल ज्ञानमूलक शिक्षा पर्याप्त छैन ।’
उनले आफ्नो नेतृत्वमा अब शिक्षा प्रणालीले विद्यार्थीलाई केवल किताबी ज्ञान होइन, जीवन उपयोगी सीप पनि प्रदान गर्न सक्नुपर्छ भन्ने मान्यता राखेको र त्यसैका लागि नेतृत्वमा आएपछि यस्तो शिक्षा प्रणालीको विकास र कार्यान्वयनका लागि निरन्तर आन्दोलनरत रहने प्रतिवद्धता जनाएका छन्  । धामीले उमेर हदका कारण संगठनबाट बाहिरिएका नेताहरूको अनुभव अमूल्य रहेको बताउँदै आफ्नो नेतृत्वमा उनीहरूको साथ, सहयोग र मार्गदर्शन निरन्तर रहने बताएका छन् । ‘पद गुमाउनुले संगठनप्रतिको प्रतिबद्धता गुम्दैन, हामी सबै मिलेर अघि बढ्छौं,’ भन्दै उनले अनुभव र उर्जाको सन्तुलनमा आधारित नेतृत्वको आवश्यकता रहेको वताए  ।
सचिव पदमा रहँदा पनि आफूले शिक्षामा देखिएका समस्याहरू विरुद्ध निरन्तर आवाज उठाउँदै आन्दोलनको नेतृत्व गर्दै आएका बताए । त्यसै अनुभवको आधारमा अब अध्यक्षको नेतृत्वमा झनै बलियो हस्तक्षेप र सुधार कार्यक्रम अघि बढाउने योजना रहेको उनले बताएका छन् । सचिव पदमा रहँदा नेतृत्वको अनुभब लिएका धामी अध्यक्ष पदमा उम्मेदवारी दिंदा जितिन्छ र काम थप शशक्त तरिकाले गर्न सक्छु भन्ने आँट रहेको सुनाए । 
उनले विश्वविद्यालय र क्याम्पसहरूमा बढ्दो राजनीतिक हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, शैक्षिक संस्थानहरूमा प्रांगिक व्यक्तित्वहरूले नै नेतृत्व गर्नुपर्ने बताए । 
पार्टीको नेतृत्व गर्ने व्यक्तिले विश्वविद्यालयको नेतृत्व गर्न थालेपछि शिक्षा समेत राजनीति प्रदूषित बन्छ,’उनले शिक्षा संस्थानहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरेर, शुद्ध शैक्षिक वातावरण निर्माण गर्नतर्फ आफू विशेष पहलमा लाग्ने बताए । वेथिति, अनियमितता र असक्षमता अन्त्य गर्न विशेष अभियान चलाउने उनको भनाई छ ।  धामीले यही जेठ २५ गतेदेखि २८ गतेसम्म हुने संगठनको महाधिवेशनलाई ऐतिहासिक अवसरका रूपमा लिँदै, सबै विद्यार्थीहरूको सक्रिय सहभागिता आवश्यक रहेको आह्वान गरेका छन् । हालै सम्पन्न तयारी बैठकहरूमा उनले महाधिवेशनमार्फत संगठनमा नयाँ ऊर्जा, स्पष्ट एजेन्डा र प्रभावकारी कार्यदिशा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । ‘यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया होइन, संगठनको नीति, दिशा र भविष्य निर्धारण गर्ने ऐतिहासिक घडी हो,’ उनले भने । 
धामीले शिक्षा सुधार, संगठन सुदृढीकरण र स्वच्छ राजनीति गर्ने प्रतिबद्धता पनि जनाएका छन् । शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि, सिपमूलक शिक्षा प्रणालीको विकास र राजनीतिक हस्तक्षेपबाट शैक्षिक संस्थानहरूलाई जोगाउने दिशामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरेका छन्  । Web-Post-(3)-1749224108.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार