हिन्दकुश हिमालय संसदीय सम्मेलनलाई सफल बनाउन मन्त्रालयले सहयोग गर्ने

शुक्रबार, जेठ २३, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले साउन २ र ३ गते हिन्दकुश हिमालय संसदीय सम्मेलनको आयोजना गर्न लागेको छ ।  शुक्रबार बसेको समितिको बैठकमा उक्त सम्मेलन आयोजना गर्ने सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल भएको छ ।  सोही क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दकुश हिमालय सम्मेलनलाई वन तथा वातावरण मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उनले भने, ‘हिन्दकुश हिमालयका जनप्रतिनिधिहरु सहभागि रहने सम्मेलनसँग जोडिने कुरा भनेको जलवायु परिवर्तन, वायु प्रदूषण, वातावरण संरक्षण, जैविक विविधता संरक्षणलगायत समग्र हिमालय क्षेत्रका समस्याहरुका बारेमा नेपालमा व्यापक छलफल र यस विषयमा आगामी दृष्टिकोण तयार गर्नका लागि अहिले गर्न खोजिएको कार्यक्रम महत्वपूर्ण हुनेछ । यो कार्य सफल गर्नका लागि विशेषगरि नेपाल सरकारको तर्फबाट वन तथा वातावरण मन्त्रालयको सहयोग पूर्ण रुपमा रहने छ । मन्त्रालय यसका लागि पूर्ण रुपमा प्रतिबद्ध छ ।’ उनले सम्मेलनबारे मन्त्रालयको जिम्मेवारीमा आएको सबै कुरामा पूर्ण सक्रियता देखाउने पनि बताए । 
हिन्दकुश हिमालयका जनप्रतिनिधिहरु सहभागि रहने सम्मेलन र सगरमाथा संवाद एकै पटक गर्ने योजना भएपनि प्रभावकारिता कम हुने हिसाबले सारिएको पनि उनले जानकारी दिएका छन् । 

494888096_2096934900801394_2786448349067959393_n-1749221841.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार