सोसल मिडिया
Contact Us
युनिकोड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीचको विवादले टेस्ला कम्पनीको सेयरमा असर परेको छ। जसका कारण बिहीबार कम्पनीको सेयरमा ठूलो गिरावट आयो। मस्कको कम्पनी टेस्लाको सेयर १४ प्रतिशतले घट्यो। जसले गर्दा कम्पनीले लगभग १५० अर्ब डलर घाटा व्यहोर्नु पर्यो। विज्ञहरूका अनुसार यो टेस्लाको लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन हो। विवाद बढ्दै गयो भने मस्कले ठूलो क्षति व्यहोर्नुपर्ने विज्ञहरू बताउँछन्। दुवैबीच विवाद बढ्दै गएपछि ट्रम्प प्रशासनले स्पेसएक्सजस्ता एलन मस्कका कम्पनहरूलाई दिँदै आएको सरकारी ठेक्का रद्द गर्ने धम्की समेत दिएको छ। यसको जवाफमा मस्कले' तिमीलाई जे मन लाग्छ त्यही गर मलाई वास्ता छैन'जवाफ दिएका छन्। उनीहरूबीचको मतभेद यसरी पहिलो पटक सामाजिक सञ्जालमा बाहिर आएको हो।