पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी पक्राउ

बिहीबार, जेठ २२, २०८२
Global Ime Bank

 काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनीमाथि विश्वासघात र ठगी सम्बन्धी आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ । पर्सा प्रहरीले पक्राउ गरी पठाउन भनेर पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्रेर पर्सा पठाइदिँदै छ । कार्यालयका एसएसपी रमेश बस्नेतले श्रुती रौनियार पक्राउ परेको पुष्टि गर्दै उनलाई पर्सा पठाउन लागिएको बताए ।

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार