सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बुधबार सेयर बजार ११।९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ । अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । ६६ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने एउटाको स्थिर रह्यो । आज अधिकांश सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ०।९० प्रतिशत घट्यो । बैंकिङ ०।५९, विकास बैंक ०।७१, होटल तथा पर्यटन ०।४७, हाइड्रोपावर ०।३९, लगनी ०।०८, जीवन बीमा ०।४८, माइक्रोफाइनान्स ०।८२, निर्जीवन बीमा ०।६८ तथा अन्य ०।५४ प्रतिशत घटे । व्यापार सबैभन्दा ०।४९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य बढ्दा यो सेक्टर बढेको हो । विशाल बजार र साल्ट ट्रेडिङ गरी जम्मा दुई कम्पनी यसमा सूचीकृत छन् । दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । सुपर माइ हाइड्रोपावरको ७।३४, अरुण कााबेली पावरको ३।३९, माइखोला हाइड्रोपावरको २।८ प्रतिशत मूल्य बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ५।८१, मिडसोलु हाइड्रोपावरको ३।७०, उपकार लघुवित्तको ३।४० तथा सामुदायिक लघुवित्तको ३।३० प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीमा अरुण काबेली हाइड्रोपावर, राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर र बरुण हाइड्रोपावर छन् ।