सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभा बैठक अझै सुचारू हुन सकेकाे छैन । बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको बैठक आजै दिउँसो ३ः१५ बजे बस्ने गरी समय सारे पनि बैठक सुचारू हुन नसकेकाे हाे । संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठकको समय सरेको जानकारी दिएको थियाे । भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् भने गृह मन्त्रीले संसदमा पहिला बोल्नु पर्ने अडान राखिरहेका छन् । सहमति जुटाउनका लागि केही बेर अघिसम्म सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, सभामुखको सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्षीका प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राख्दा सहमति जुटन सकेन ।