गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ नियमावली स्थगित गरेपछि चल्न थाले गाडी 

बुधबार, जेठ २१, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । आन्दोलनतरत सावर्जनिक यातायात व्यवसायी र सरकार बीच सोमबार मध्यरातमा सहमतिपछि गण्डकी प्रदेश सरकारले  ‘राइड शेयरिङ’ नियमावली स्थगन गरे लगत्तै बुधबार विहानैदेखि सार्वजनिक यातायातका साधान चलेका छन् । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड शेयरिङ’ नियमावली स्थगन गर्न संघीय सरकारले प्रदेश सरकारलाई पत्राचार गरेपछि व्यवसायीको आन्दोलन फिर्ता भएसँगै गाडी चल्न थालेका हुन् ।  सोमबार मध्यरातमा सरकार र व्यवसायीबीच सहमति  भएपनि मंगलबार सड्कमा सावर्जनिक यातायातका साधन चलेनन् । गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारिक जानकारी गराइसकेपछि मात्रै गाडी चलाइएको व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारिक जानकारी दिएपछि व्यवसायीले गाडी चलाएका बताए । 
गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका निजी प्रयोजनका लागि दर्ता भएका चार पांग्रे र दुई पांग्रे सवारी साधनलाई समेत सावर्जनिक यातायात सरह यात्रु बोक्न पाउने गरी नियमावली जारी गरेको थियो । सोही अनुसारको व्यवस्था अन्य प्रदेशले समेत अपनाउने भएपछि यातायात व्यवसायी आन्दोलीत बनेका थिए । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार