भौतिक योजना मन्त्री दाहालको गुनासो,  ‘अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ’

बुधबार, जेठ २१, २०८२
Global Ime Bank
मयुर प्लाई

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्न सक्ने कानुन भएपनि अख्तियारले पत्र काटेर दुःख दिँदा समस्या भएको बताएका छन् ।  पूर्वधार विकास समितिको मंगलबार बसेको बैठकमा उनले खराव नियत भएका मान्छेहरुका कारण काम गर्दा प्रश्न उठ्ने गरेको बताएका हुन् ।  उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ । कानून नभएको होइन् । कानूनमा स्पष्ट उल्लेख छ, आकस्मिक समयमा पनि काम गर्न सकिन्छ । सात दिनमा सूचना दिएर पनि काम गर्न सकिन्छ । तर यस्ता कामहरु गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको छ ।’ उनले अगाडि प्रष्ट पार्दै भने,‘यसमा दुईवटा कुरा छन् । एउटा भनेको नियत नै खराव हुन्छ, अर्को भनेको नियत सफा भएर कामहरु गर्दापनि प्रश्नहरु उठाउने गरिन्छ । यस्ताखालका समस्याहरुले काम गर्न समस्या भइरहेको छ ।’  अलपत्र परेका पूर्वाधारका बारेमा बोल्दै उनले जुन सरकार आए पनि योजना बनाई बजेट माग गरी अर्काे सालमा छाड्ने प्रवृति भएको बताए । उनले नयाँलाई प्रस्ताव नगरी अघिल्लो योजनालाई सम्पन्न गर्नुपर्ने बताए । यसैगरी बैठकमा बोल्दै शहरी विकासमन्त्री प्रकाशमान सिंहले बाढी पहिरो आउने सम्भावना भएका ठाउँमा झोलुङ्गे पुल निर्माणको कार्य अगाडि बढाइने बताए ।  गत वर्षको बाढीको क्षतिबाट पाठ सिक्दै समयमा नै नदी वा खोलाहरुलाई व्यवस्थित गर्नुपर्ने उनको धारणा छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार