प्रतिनिधिसभाकाे बैठक बस्दै, चल्ला त संसद ?

बुधबार, जेठ २१, २०८२

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक बस्दैछ । मङ्गलबारका लागि तय भएको  प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएपछि बुधवार बाेलाइएकाे हाे । हिजाे ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भए पनि भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखककाे राजिनामा नदिएकाे भन्दै बिपक्षी दलले बाेल्न सहमति नदिए पछि बुधवारसम्मका लागि स्थगित गरिएकाे थियाे । संसद सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १ः०० बजे बस्नेछ । विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार