सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा एक जना टिकटकरको गोली हानी हत्या गरिएको छ । बीबीसी हिन्दीका अनुसार १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या भएको हो । सोमबार साँझ इस्लामावादस्थित अज्ञान व्यक्ति उनको घरमा घुसेर सनाको हत्या गरेको हो । इस्लामावाद पुलिस स्टेसनमा सनाकी आमाले आफ्नो छोरीको हत्या भएको भन्दै एफआईआर दर्ता गरेकी छन् । प्रहरीका अनुसार सनाकी आमाले आफ्नो घरमा एक व्यक्त अचानक पसेर छोरीको छातीमा दुई गोली हानिएको एफआईआरमा उल्लेख छ । गोली लागेर घाइते भएकी सनालाई छिमेकीको कारमा राखेर उपचारका लागि अस्पताल पुर्याएको भए पनि उनको मृत्यु भइसकेको सनाकी आमाले भनेकी छन् । प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न अभियुक्तबारे थुप्रै प्रमाण फेला परिसकेको र उनी चाँडै पक्राउ पर्ने दाबी गरिएको छ । अनुसन्धान अधिकारीका अनुसार सनामाथि गोली हान्नु अघि अभियुक्तले उनको घरको खानातलासी गरेका थिए । जब आरोपीले सनाका आमा-बुबा घरमा नरहेको देखे त्यसपछि सिधै सनाको कोठामा पसेर उनीमाथि गोली हानिएको थियो । उनी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लाकी बासिन्दा हुन्, तर उनको परिवार केही समयदेखि इस्लामाबाद बस्दै आएको पाइएको छ । सनाको टिकटक एकाउन्टमा करिब ८१ हजार फलोअर्स छन् ।