सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि ९बुधबार० दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित भएको थियो । गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेका छन् । आज पनि विपक्षी दलहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका थिए । तर, उनीहरू आ–आफ्नो अडानबाट पछि हटेका छैनन् । बैठक स्थगित भएपछि बैठकका लागि पुगेका सांसदहरू संसद् भवनबाट बाहिरिएका छन् ।